दफा ५६
सूचना दिनेलाई पुरस्कार;
(१) यस ऐन बमोजिमको कसुर गरेको छ वा गर्न लागेको छ भन्ने कुराको सूचना दिने व्यक्तिले दिएको सूचना बमोजिम अनुसन्धान भई दायर भएको मुद्दाको अन्तिम किनारा लागेपछि असूल भएको बिगो रकमको दश प्रतिशत वा दश लाख रूपैयाँमध्ये जुन कम हुन्छ सोही रकम त्यस्तो व्यक्तिलाई पुरस्कार दिइनेछ ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि नेपाल सरकार वा संङ्गठित संस्थाका कर्मचारी वा तिनका परिवारका सदस्य वा अनुगमनमा खटिएका उपभोक्ता संघ संस्थाका प्रतिनिधि वा कर्मचारी वा तिनका परिवारका सदस्यले यस दफा बमोजिम पुरस्कार पाउने छैनन्‌।
(३) यस दफा बमोजिम सूचना दिने व्यक्तिको नाम, ठेगाना र निजबाट प्राप्त भएको सूचनाको विवरण गोप्य राखिनेछ।